Home वनजंगल सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा हात्तीले छावा जन्माएपछि वन समन्वय समितिले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने निर्णय गरेको हो । आइतबार सामुदायिक वन समन्वय समिति कञ्चनपुरले लालझाडी जैविक मार्गमा हात्ती संरक्षण कार्यक्रम समेत आयोजना गरेको थियो ।

लालझाडी जैविक मार्गमा हात्तीको बथानले प्रत्येक वर्ष आवतजावत गर्ने गरेको सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले बताए । ‘यो मार्ग हात्तीलगायत जंगली जनावरको बासस्थान हो,’ उनले भने, ‘यस वर्ष हात्तीले यो क्षेत्रमा छावा जन्माएको छ, त्यसैले अब प्रत्येक वर्ष हात्ती दिवस मनाउँछौं ।’

सामुदायिक वन समन्वय समिति अन्तर्गतका सामुदायिक वनका पदाधिकारीको प्रयासबाट लालझाडी जैविक मार्ग जंगली जनावरको बासस्थान बनेको उनी बताउँछन् । ‘यहाँका सामुदायिक वनका साथीहरुले वन संरक्षणमा जोड दिएका छन्,’ उनले भने, ‘अगामी दिनमा पनि हामी वन संरक्षणमा जोड दिनेछौं ।’ सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक वन ऐन ल्याउने तयारी गरेको सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । संघीय वन ऐनसंग नबाझिने गरि प्रदेश सरकारले वन ऐन ल्याउने उनी बताउँछन् ।

प्रदेश सरकारले ल्याउने वन ऐनले वन संरक्षण तथा उपभोगमा जोड दिने उनले बताए । ‘मानिसकै हितका लागि वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्नुपर्छ, ‘उनले भने, ‘वन जंगलमाथि मानिसको अस्थित्व बढ्दैछ ।’ मानव समुदायकै अस्थितवका लागि वन्यजन्तु, जैविक विविधकता संरक्षण आवश्यक रहेको भन्दै उनले स्थानीयको प्रयासबाट कृष्णपुर सिस्ने क्षेत्रमा हात्तिले छावा जन्माएको बताए । ‘केही समय अघि सो वन क्षेत्र उजाडभूमि जस्तै थियो, ‘उनले भने, ‘अहिले त्यहाँ लोपोन्मुख विजयशाल संरक्षण भएको छ ।’

प्रकृतिमा हात्तीलगायतका सबै वन्यजन्तुको महत्व रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयबिक्रम मानन्धरले बताए । ‘पृथ्वीमा मानव जातिको जति महत्व छ, त्यतिनै जंगली वन्यजन्तुको महत्व छ,’ उनले भने, ‘वन्यजन्तु भएन भने मानव जिवनको कल्पना समेत गर्न सकिदैन्, जंगली वन्यजन्तुको सबै मिलेर संरक्षण गर्नुपर्छ ।’ लालझाडी जैविका मार्ग हात्ती, बाघलगायतका जंगली जनावरको बासस्थान भएको उनी बताउँछन् । ‘यहाँ विभिन्न प्रजातीका बन्यजन्तु छन्,’ उनले भने, ‘वन्यजन्तुले हिड्ने मार्ग मास्नु हुन्दैन् ।’

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here