महेन्द्रनगर । भीमदत्त नगरपालिकाले खरिद गरेको पिसीआर मेसिन सञ्चालनका लागि सरोकारवालासँग छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुको सहभागितामा नगरपालिकाको कार्यालयमा सरोकारवालासँग छलफल गरिएको हो ।
महाकाली अस्पतालमा पिसीआर मसिन जडानका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि सहकार्य गर्ने निर्णय भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनका अनुसार अस्पतालको बिरामी कुरुवा घरमा पिसीआर ल्याप स्थापना गर्ने निर्णय गरिएको छ ।
सरोकारवालको बैठकले महाकाली अस्पताललाई ल्याब स्थापनाका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि जिम्मेवारी दिएको छ । पिसीआर मसिन सञ्चालनका आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सुदूरपश्चिम सरकारसँग माग गर्ने निर्णय गरिएको नगर प्रमुख विष्टले बताए ।
बैठकले जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्गलाई स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु लालबहादुर खड्का, प्रकाश रावल, मान बहादुर सुनार, समन्वय समितिका संयोजक फैरु तामाङ्ग, प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी, अस्पतालका निर्देशक डा. हरि कुमार श्रेष्ठलगायतको सहभागीता थियो ।

Hariyo Nepal is an online portal that basically focuses on environment related stuffs. It also covers various other topic of interest.