Home प्रदूषण भीमदत्तमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

भीमदत्तमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको आर्थिक सहयोगमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको हो ।

धुलोका कण तथा ग्यास, डिजेल पेट्रोल, दाउरा बाल्दा आउने धुवाँको मात्रा सजिलै थाहा पाउन गुणस्तर मापन केन्द्र स्थापना गरिएको भीमदत्तका वातावरण अधिृकत गणेशसिंह ठगुन्नाले बताए ।

‘यो केन्द्रले भीमदत्त नगरपालिका क्षेत्रमा धुलोका कण तथा ग्यास, पेट्रोल, दाउरा बाल्दा आउने धुवाँको मात्रा के कति छ भन्ने देखाउँछ,’ उनले भने, ‘यस केन्द्रले नगरपालिकालाई वायु प्रदूषण कम गर्ने योजना बनाउन सहज हुनेछ ।’

वायु गुणस्तर मापन केन्द्रले २.५ माइक्रोमिटर भन्दा साना धुलोका कण, १० माइक्रोमिटर भन्दा साना धुलोका कणहरू, वायुको आर्द्रता, तापमान, वायु गति र हावाको दिशा समेत पत्ता लगाउने वातावरण अधिकृत ठगुन्ना बताउँछन् ।

‘भीमदत्तमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रबाट देशभर जडान गरिएका वायु मापन केन्द्रको अवस्था डिजिटल डिस्प्लेमा हेर्न सकिन्छ,’ उनले भने, ‘देशभर २१ स्थानमा वायु गुणस्तर मापन केन्द्र राखिएको छ ।’

सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भए मात्रै वायु गुणस्तर राम्रो मानिने उनको भनाई छ । ‘वायु गुणस्तर इन्डेक्सको सूचक ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ,’ उनले भने, ‘महेन्द्रनगर बजार क्षेत्रको वायुको अवस्था अहिले राम्रो छ ।’

भीमदत्तमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रले प्रदूषण नियन्त्रणका योजना बनाउन सहज हुने भीमदत्तका मेयर सेरन्द्र विष्टले बताए । ‘यो केन्द्र स्थापनाले हामीलाई वायु प्रदूषण नियन्त्रणका योजना बनाउन सहज हुनेछ,’ उनले भने, ‘विश्वभर समस्याको रुपमा रहेको प्रदूषण नियन्त्रणका योजना बनाएर अगाडी बढ्छौं ।’

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here