Home विकास-निर्माण धनगढीमा १० किलोमिटर सडक कालोपत्र गर्न सम्झौता

धनगढीमा १० किलोमिटर सडक कालोपत्र गर्न सम्झौता

कैलाली । क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० किलोमिटर सडक कालोपत्र गर्न सम्झौता भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत १० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।

आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाइ धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको जनाएको छ । सडक कालोपत्रेको ठेक्का पाएको भरतपुरको कालिका कन्ट्र्याक्शनसँग २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइका व्यवस्थापक परिचित कडरियाले जानकारी दिए । पहिलो चरणमा १० किलोमिटर लम्बाइका सात वटा सडक ६८ करोड पाँच लाख ९८ हजार रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता भएको कडरियाले बताए ।

अहिलेको सम्झौताअनुसार धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, सात सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, आठ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रे हुनेछन् ।

क्षेत्रीय शहरी विकास आयोजनाले कार्यान्वयन गरिरहेका सडकको चौडाइ घटाएर सम्झौता भएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित आयोजना अन्तर्गत सुरुमा ४२ किलोमिटर सडकको लम्बाइ घटाएर १० दशमलव १८ किलोमिटर मात्र कालोपत्रे गरिने भएको हो ।

आयोजना कार्यान्वयनमा ढिलासुस्ती हुँदा लागत वृद्धि भएपछि सडकको लम्बाइ र चौडाइ घटाइएको हो । धनगढी चौराहदेखि क्याम्पस रोडसम्मको मुख्य सडकको चौडाइ ३० मिटर कायम गरिएकोमा घटाएर २४ मिटर कायम गरिएको छ । शाखा सडक भने २४ मिटरभन्दा पनि कम चौडाइका हुनेछन् ।

क्याम्पस गेट–चटकपुर सडकको चौडाइ १६ मिटर, अन्य सडकहरु १० देखि १२ मिटर चौडा हुनेछन् । सुरुदेखि फोहरमैला व्यवस्थापन केन्द्र एसियाली विकास बैंकले पहिलो शर्तमा राखे पनि अहिले आएर १० किलोमिटर सडक कालोपत्रेको योजना अगाडि बढाउने सहमति भएको हो ।

धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्रे गर्ने योजना रहेकोमा पहिलो चरणमा सात सडक मात्र कालोपत्रे हुने क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।आयोजना अन्तर्गत कार्यान्वयन गर्ने निकायले बढीमा ४२ वटा भौतिक संरचना भत्काउन पाउनेछ ।

मुख्य बजारमा २४ मिटर चौडा सडक बने पनि संरचना भत्काउनुपर्ने देखिएको छ । कसैले विरोधमा कानुनी बाटो तय गरे भने आयोजना कार्यान्वयनमा जटिलता आउने देखिएको छ । अहिले चौडाइ घटाएर सडक कालोपत्रेका योजना कार्यान्वयन गर्दा दीर्घकालीन रुपमा समस्या सिर्जना हुने देखिएको छ ।

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here