Home मौसम केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

महेन्द्रनगर । मंगलबार देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाकी मौसमविद् विभूति पोख्रेलले आग्रह गर्नुभएको छ ।

ठूलो पानी पर्दा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सावधानी अपनाउन पनि उहाँको आग्रह छ । देशका अरु ठाउँमा भने आज दिउँसो पछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here