Home फोहोर व्यवस्थापन फोहोर व्यवस्थापन गर्दै सशस्त्र प्रहरी

फोहोर व्यवस्थापन गर्दै सशस्त्र प्रहरी

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सिमा क्षेत्र गड्डाचौकीमा फोहोर व्यवस्थापन अभियान सुरु गरेको छ । गत १२ जेठदेखि बनबासा–गड्डाचौकी नाकामा आवतजावत सहज भएपछि गड्डाचौकी क्षेत्रमा फोहोर भएको थियो । भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकले गरेको फोहोर सशस्त्र प्रहरीले व्यवस्थापन गरिरहेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिंह शाहुले फोहोर भएको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले व्यवस्थापन गरेको बताए । ‘सीमा क्षेत्रमा खानेपानीका बोतल, बिस्कुटका कभर र कुहिने र नकुहिने विभिन्न बस्तुको फोहोर थियो,’ उनले, ‘सीमा सुन्दर बनाउनका लागि सरसफाई अभियान सुरु गरिएको हो ।’

सशस्त्र प्रहरी बलले यसअघि सीमा क्षेत्रमा सेनिटाईज समेत गरेको थियो । फोहोरबाट उत्पन्न हुने विभिन्न प्रकारका रोगबाट बाँच्नका लागि समेत फोहोर व्यवस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here